arrow

वुहानबाट सरेको कोरोनाले अमेरिकामा ज्यान गुमाउने घटेनन्, चीनसमेत चपेटामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
corona-virus-covid-19.jpg

काठमाडौं । चीनको वुहानबाट दुई वर्ष अघिबाट शुरु भएको कोभिड-१९ को महामारीले अहिले चीनलाई नै सताइरहेको छ । पछिल्लो समय चीनमा कोरोना संक्रमितको सङ्ख्या प्रतिदिन बढ्दै गएको छ । 

मंगलबार मात्र तीन हजार ४९ जना संक्र‍मित भएका छन् भने एक हजार नौ सय जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।  मंगलबार चीनमा कोरोनाबाट ४ जना पनि मृत्यु नभएको जनाएको छ । चीनमा स्थानीय स्तरमा नै कोरोना संक्रमित हुनेहरू भने घट्न सकेको छैन ।

त्यस्तै मंगलबार कोरोना संक्रमणबाट विश्वभर १ हजार ४ सय ९० जनाको मृत्यु भएको छ । जसमा सबेभन्दा बढी संयुक्त राष्ट्र अमेरिका रहेको छ । अमेरिकामा ३ सय ८ जनाको मृत्यु भएको छ । हालसम्म अमेरिकामा १० करोड ११ लाख संक्रमित मध्ये ११ लाख १३ हजार ८ सय ८ जनाको मृत्यु भएको छ ।

अर्कोतर्फ शान्त रहँदै आएको जापानमा १ लाख ८५ हजार ६ सय ९४ संक्रमित थपिदा २ सय ३१ जनाको मृत्यु भएको छ । छिमेकी मुलुक भारतमा १ सय ३ संक्रमित थपिएका छन् भने ३ जनाको ज्यान गएको छ । 

केही दिन अघि शून्य संक्रमित रहेको नेपालमा भने मंगलबार ६ जना संक्रमित थपिएका छन् । कोरोना चीनको वुहान बाट २०२० को डिसेम्बरमा शुरु भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ