arrow

नयाँ लहरको संक्रमण फैलिएसँगै चीनमा आईसीयू भरिए- डब्ल्यूएचओ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ७ बिहिबार
who china.jpg

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड-१९ को नयाँ लहरको कोरोना भाइरसको चिन्ताको बीचमा चीनका अस्पतालहरू भरिएको बताएको छ।विश्व स्वास्थ्य संगठनको स्वास्थ्य आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक डा माइकल रायनले सघन हेरचाह एकाइहरू (आईसीयू) भरिएको बताएका छन् । तुलनात्मक रुपमा आईसीयूमा रहेकाहरुको संख्या कम भने पनि तनावपूर्ण स्थिति देखिएको छ।

चीनको तथ्याङ्कले बुधबार कोभिडबाट कसैको मृत्यु नभएको देखाएको छ । तर वास्तविक तथ्यांक बेग्लै हुन सक्ने आँकलन गरिएको छ ।

पछिल्लो पटक कोभिड-१९को महामारी चर्किएसँगै हालैका दिनहरूमा बेइजिङ र अन्य शहरहरूका अस्पतालहरु भरिएका छन् ।

सन् २०२० देखि चीनले कडा शून्य कोभिड नीतिहरु अँगाल्दै आएको थियो तर, हालै करिब दुई साता अघि मात्र चीनले कडा नीतिहरु हटाएसँगै कोरोना भाइरसको संक्रमण चर्किएको छ ।

चीनमा वृद्धहरुमा उच्च मृत्युदरसँगै कोभिड-१९बाट संक्रमण हुनेको संख्या बढेको छ। यद्यपि संक्रमण बढ्दै गएका बेला पनि मंगलबार चीनको आधिकारिक तथ्यांकले नयाँ पाँच जना संक्रमित थपिएको र दुई जनाको मृत्यु भएको देखाएको छ।

यससँगै डब्ल्यूएचओका आपतकालीन प्रमुख डा रायनले चीनलाई भाइरसको पछिल्लो फैलावटको बारेमा थप जानकारी उपलब्ध गराउन आग्रह गरेका छन् ।

उनले भनेका छन्, 'चीनमा आईसीयूहरूमा अपेक्षाकृत भन्दा कम संख्यामा बिरामी रहेको भनिएको छ । तर वास्तवममा आईसीयूहरू भरिएका छन् ।'

जेनेभामा एक साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले चीनमा विकसित भइरहेको अवस्थालाई लिएर धेरै चिन्तित भएको बताएका छन् ।

उनले रोगको गम्भीरता, अस्पताल भर्ना र गहन हेरचाह आवश्यकताहरूमा विशेष डेटाको लागि आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ