arrow

यी पाँच देशबाट भारत छिर्न अनिवार्य कोभिड-१९ नेगेटिभ रिपोर्ट

विदेशी यात्रुका लागि भारतले अनिवार्य गर्यो कोभिड-१९को नेगेटिभ रिपोर्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
india-china-coronavirus-covid.jpeg

काठमाडौं । भारतले चीन, जापान, दक्षिण कोरिया, हङकङ र थाइल्याण्डबाट आउने यात्रुहरूको लागि कोभिड-१९को नेगेटिभ परीक्षण रिपोर्ट अनिवार्य गरेको संघीय स्वास्थ्य मन्त्रीले जनाएको छ ।

यी पाँच देशका यात्रुहरूलाई कोभिड-१९ को लक्षण देखिए वा पोजिटिभ देखिएमा क्वारेन्टाइनमा राखिनेछ, स्वास्थ्यमन्त्री मनसुख मण्डावियाले शनिबार राजधानी नयाँ दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको परीक्षणका तस्बिरहरू पोस्ट गर्दै ट्वीट गरेका छन् ।

अमेरिकापछि सबैभन्दा बढी ४ करोड ४० लाख कोभिड-१९ आफ्नो एयररपोर्टमा आउने २ प्रतिशत अन्तर्राष्ट्रिय संक्रमितको रेन्डम कोरोना परीक्षण गर्नसमेत सुरु गरेको छ ।

चीनमा आक्रामक रुपमा बढेको कोरोना भाइरसको संक्रमणका कारण कोभिड१९को नेगेटिभ रिपोर्ट अनिवार्य गरेको मन्त्ती मण्डावियाको भनाइ छ ।

ओमिक्रोनको बीएफ.७ उप भेरियन्ट अहिले संक्रमण फैलाउनमा जिम्मेवार रहेको छ । यो भेरियन्ट भारतमा समेत फेला परिसकेको छ ।

स्वास्थय मन्त्रीले राज्य सरकारहरूलाई कुनै पनि नयाँ कोरोनाभाइरस भेरियन्टहरूको लागि निगरानी बढाउन र सबै पोजेटिभ केसहरूको नमूनाहरू जीनोम अनुक्रमण प्रयोगशालाहरूमा पठाउन आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ