arrow

चीनमा बढ्दो संक्रमण : अब संक्रमितको जानकारी नदिइने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
china-covid-cases-increase.jpg

काठमाडौं । चीनमा बढ्दो कोरोना संक्रमणको ग्राफले चिनियाँ नागरिकको अवस्था नाजुक बनाएको छ । बढ्दो संक्रमित संख्याकाबीच चीनले आजबाट कोरोना संक्रमितको जानकारी नदिने भएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आजदेखि कोरोना संक्रमितको बारेमा जानकारी नदिने जनाएको छ । अर्थात् अब नयाँ कोरोना संक्रमण र संक्रमणका कारण मृत्यु हुनेको तथ्याङ्क चीनले दिने छैन । स्वास्थ्य निकायले विगत ३ वर्षदेखि हरेक दिन कोरोना संक्रमितको रिपोर्ट सार्वजनिक गर्दै आएको थियो ।

ब्लूमबर्गका अनुसार यस महिनाको पहिलो २० दिनमा चीनमा २४ करोड ८० लाख मामिलाहरू रिपोर्ट गरिएको थियो । मङ्गलबार यहाँ एकै दिनमा सबैभन्दा बढी ३ करोड ७० लाख संक्रमित भेटिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ