arrow

कोरोना बढिरहँदा जनवरीदेखि सबै यात्रा प्रतिबन्ध हटाउने तयारीमा चीन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १२ मंगलबार
covid-china-economy-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं ।  चीनले शून्य कोभिड नीतिको फेरबदलमा विशेष संकेत गर्ने गरी जनवरी ८ देखि यात्रुहरूका लागि क्वारेन्टाइन बस्नु पर्ने बाध्यता हटाउने भएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

करिब तीन वर्षसम्म सीमा बन्द बराबर रहेको चीनमा अब काम र अध्ययनका लागि बाहिरिएकाहरु सहजै प्रवेश गर्न सक्ने छन् । तथापि यो प्रतिबन्ध हटाउने कुरा चीनले कोरोना भाइरस संक्रमणको ठूलो लहरसँग सामना गरिरहेका बेला आएको हो ।

रिपोर्टहरूले अस्पताल भरिएका र वृद्ध व्यक्तिहरुले ज्यान गुमाइरहेको देखाएको छ । दैनिक कति नयाँ संक्रमित थपिइरहेका छन् भन्ने तथ्यांक अधिकारीहरुले सार्वजनिक गर्न छोडेपछि जानकारी बाहिर छ ।

बेइजिङले गत साता हरेक दिन करिब ४ हजार नयाँ कोभिड संक्रमण र केहीको मृत्यु भएको रिपोर्ट गरेको थियो।

त्यसपछि आइतबार यसले संक्रमित हुनेहरुको तथ्यांक पूर्ण रूपमा प्रकाशन गर्न बन्द गर्ने बताएको थियो। तर बेलायती स्वास्थ्य डाटा फर्म एयरफिनिटीले अनुमान गरेको छ कि चीनले एक दिनमा १० लाख भन्दा बढी संक्रमण र ५ हजारको मृत्युको सामना गरिरहेको छ ।

तीन वर्षको लकडाउन, बन्द सीमाना र कोभिड संक्रमण र सम्पर्कमा रहेकाहरुको लागि अनिवार्य क्वारेन्टाइन पछि कोभिड-१९सँगै बाँच्नतर्फ अघि सर्ने चीन विश्वको दोसो ठूलो अर्थतन्त्र हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ