arrow

टाटाको मेगा सर्भिस क्याम्प सफलतापूर्वक  सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १२ मंगलबार
taga-sipradii-mega-service-camp-2022.jpg
फाइल तस्बिर

काठमाडौं। टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगद्वारा यसका  १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरूमा आयोजित मेगा सर्भिस क्याम्पको आज सफलतापूर्वक सम्पन्न भएको  छ। यी केन्द्रहरूमध्ये ३ वटा काठमाडौँ उपत्यकाका  बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्।

त्यसै गरी,बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरू पोखरा, इटहरी, मेची, वीरगन्ज , ढल्केबार, हेटौडा, सर्रा, धनगढी, नेपालगन्जमा रहेका छन्।

यस तीन दिने क्याम्पमा  टाटाका  ९५५ वटा  "पेसेन्जर" श्रेणीका गाडीहरूको अत्यन्त प्रभावकारी ढङ्गले जाँच एवं  मर्मत सम्भार गरिएको थियो भने १,५३३ व्यक्तिहरूको सहभागिता थियो।

यस्तो जाँच गराउँदा गाडी धनीहरूले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरू प्राप्त गरेका थिए। म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमश :१८, १५ र १८  प्रतिशत छुट लगायत टप वाशिंग, कम्प्युटर डायग्नोसिस ,  सस्पेन्सन चेक-अप, ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि  नि:शुल्क प्रदान गरिएको थियो। यसको अतिरिक्त यस क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेज अन्तर्गतको रु .४ हजार नगद फिर्ताको पनि व्यवस्था थियो।

"हाल नेपालमा टाटाका पेसेन्जर" श्रेणीका गाडीहरू बजार द्रुत गतिमा भइरहेको छ। यसै सन्दर्भमा यस्ता गाडीहरूको ग्राहकहरूलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गरिएको  थियौ," सिप्रदी ट्रेडिंगका कस्टोमर केयर प्रमुख कुमारी भण्डारी बताउछन्। "यो क्याम्पमा हामीले साँच्चैनौ अपेक्षाभन्दा पनि बढी ग्राहकहरूको सहभागिता भयो। यसले  कम्पनीलाई भविष्यमा अझ उत्कृष्ट भन्दा उत्कृष्ट सेवा /सुविधा उनीहरूलाई प्रदान गर्ने प्रेरणा मिलेको छ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ