arrow

टाटाका नक्कली पार्ट पुर्जा बेच्ने न्यू प्रकाश अटो ट्रेडर्स्का सञ्चालक ढुङ्गेअड्डाबाट पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
tata-dublicate-parts-suppy-new-prakash-auto.jpg

काठमाडौँ। नेपाल प्रहरीले आज काठमाडौँ को ढुङ्गे अड्डा स्थित न्यू प्रकाश अटो ट्रेडर्समा छापा मारी सो पासलका सञ्चालक शिव रौनियारलाई नियन्त्रणमा लिएको छ। निज व्यक्तिले लामो समय देखि भारतबाट अवैध रूपमा नक्कली पार्टस्हरु झिकाई बिक्री वितरण गर्दै आइरहेको जनगुनासो व्यापक रूपमा पाइएको हुँदा सो न्यू प्रकाश अटो ट्रेडर्स्मा प्रहरीले छापा मारी पसलका सञ्चालकलाई अनुसन्धानका निमित्त नियन्त्रणमा लिएको हो।

अनुसन्धानको क्रममा निज ब्यक्ती ले टाटाका नक्कली पार्टस् बिक्री वितरण गरेको पाइएको र आगामी दिनमा त्यस्ता कार्य नगर्ने गरी सहमति पत्रमा हस्ताक्षर गरी एक पटकलाई सचेत गराई छाडिएको प्रहरीले जनाएको छ।

रौनियार मात्र नभएर देशै भरी अन्य व्यक्तिहरू पनि यस्ता खालका कारोबारमा संलग्न भएको कुरा निजले बताएका छन्। प्रहरीले अन्य शङ्कास्पद स्थानहरूमा पनि खोजी तथा अनुसन्धान गरी आगामी दिनहरूमा यस्ता कार्यलाई नियन्त्रण गरिने जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ