arrow

कांग्रेस बागमती संसदीय दलको नेतामा लामा

logo
रविन्द्र गौतम,
प्रकाशित २०७९ पुष १३ बुधबार
bahadur-singh-lama-bagmati.jpg

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन् । हेटौंडाको प्रदेश सभा परिसरमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा लामाले निवर्तमान संसदीय दलको नेता इन्द्रबहादुर बानियाँलाई पराजित गरेका हुन् । 

लामाले २१ मत ल्याउँदा बानियाँले १६ मतमात्रै पाए । कांग्रेसका ३७ जना प्रदेश सांसद रहेकामा सबैले मतदान गरेका थिए । 

बानियाँ बागमती प्रदेशका सभापति हुन् भने लामा केन्द्रीय सदस्य हुन् । लामा र बानियाँ दुवै संस्थापन पक्षका हुन् । यद्यपि बानियाँलाई कांग्रेस संस्थापनको इतरपक्ष गगन–शेखर पक्षको साथ रहेको थियो । 

बानियाँ मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा खबाट निर्वाचित हुन् भने लामा नुवाकोट क्षेत्र नम्बर २ को ख बाट निर्वाचित सांसद हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ