arrow

बागमती ज्येष्ठ सांसद ढुंगानाले लिए शपथ

logo
रविन्द्र गौतम,
प्रकाशित २०७९ पुष १३ बुधबार
ramprasad-dhungana-bagmati-oath.jpg

हेटौंडा । बागमती प्रदेशका ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमती प्रदेश सभाका ११० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन् ।

ढुंगाना नेकपा माओवादी केन्द्रका तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचन आयोगले प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको विवरण अनुसार उनको जन्म २००६ साल असोज २ गते भएको हो ।

संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यका रूपमा ढुंगानाले सभाको अध्यक्षता गर्नेछन् ।

प्रदेश सभामा निर्वाचित बाँकी प्रदेश सभा सदस्यहरुको सपथ ग्रहणको कार्यक्रम भोलि बिहीबार दिउँसो २ बजे प्रदेश सभा सचिवालय हेटौंडामा राखिएको छ । 

बाँकी सांसदहरुलाई ज्येष्ठ सांसद ढुंगानाले शपथ गराउनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ