arrow

पूर्वमुख्यमन्त्री रोड शोमा भागदौड मच्चिँदा आठको मृत्यु, १० घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
andra-pradesh-clash.jpg

नयाँदिल्ली । भारतस्थित आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा राज्यका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडूको राजनीतिक अभियानका क्रममा भागदौड मच्चिँदा आठ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा एक जना महिला पनि छन् । १० जना घाइते भएका छन् । 

हाल राज्य विधानसभामा विपक्षी नेता नायडु कन्दुकुर शहरको एक सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । बुधबार साँझमा नायडूको गाडी उक्त क्षेत्रबाट गुडिरहेका  बेला भीड शुरु भएको थियो । जम्मा भएको ठूलो भीड नेतालाई भेट्न अगाडि बढ्ने क्रममा भागदौड मच्चिएको थियो । 

स्थानीय अधिकारीहरूले धेरै जना खुला नालीमा खसेको र आठ जनाको मृत्यु भएको बताएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घटना लगत्तै बैठक रद्द  भएको थियो । नायडुले आफ्ना प्रियजन गुमाएका परिवारलाई १० लाख भारु  क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उनले पार्टीका नेताहरुलाई घाइतेहरुको राम्रो उपचारको व्यवस्था गर्नसमेत आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ