arrow

बागमतीका सांसदले लिए सपथ

logo
रविन्द्र गौतम,
प्रकाशित २०७९ पुष १४ बिहिबार
sapath.jpg

हेटौंडा । बागमती प्रदेश सभाका १०९ जना सदस्यहरुले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश सभा सचिवालयमा भएका एक समारोहकाबीच उनीहरुले शपथ ग्रहण गरेका हुन् ।

नयाँ सांसदहरुलाई ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथ ग्रहण गराएका हुन् । सचिवालयका अनुसार, उक्त कार्यक्रममा १५ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका थिए । जसमा १२ जनाले नेवारी र ३ जनाले तामाङ भाषामा शपथ लिएका हुन् ।

ज्येष्ठ सदस्य ढुंगानाले भने बुधबार नै बागमती प्रदेश प्रमुख यादचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका थिए । उनले निमित सभामुखको कार्य सम्हालेका छन् ।

सपथग्रहण समारोहमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, अष्टलक्षमी शाक्य, राजेन्द्र प्रसाद पाण्डेलगायत  सहभागीता रहेको थियो ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी पार्टी, नेमकिपा, हाम्रो नेपाली पार्टीका गरी ११० जना प्रदेशसभाका सदस्यहरु रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ