arrow

पुस १८ का लागि प्रदेश सभा बैठक आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
bagamati-pradeshsabha.jpg

हेटौंडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही पुस १८ गतेका लागि प्रदेश सभा बैठक आह्वान गरेका छन् । शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती मन्त्रिपरिषद् कार्यालयले सिफारिस गरी पठाए अनुसार बिहीबार एक सूचना जारी गरी प्रदेश सभाको ११ औं अधिवेशन बैठक आह्वान गरेका हुन् ।

प्रदेशसभा सचिवालयका सचिव ओमबहादुर खड्काका अनुसार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आजै मन्त्रीपरिषद्को परामर्शमा प्रदेशसभाको बैठक पुस १८ गते आह्वान गर्न सिफारिस गरेका थिए । सोही अनुरुप नै संवैधानिक प्रकृया पूरा गरी प्रदेशसभाको बैठक आहवान गरिएको हो ।

बागमती प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी पार्टी, नेमकिपा, हाम्रो नेपाली पार्टीका गरी ११० जना प्रदेश सभाका सदस्यहरु रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ