arrow

नयाँ भेरियन्टको डर : चीनबाट आउने यात्रुमा लाग्यो प्रतिबन्ध

कोभिड-१९ नेगेटिभ रिपोर्ट अनिवार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १८ सोमबार
corona-virus-china.jpg

काठमाडौं । कोरोनाको नयाँ भेरियन्टको बढ्दो खतराका कारण अमेरिका पछि अष्ट्रेलिया र क्यानडाले चीनबाट आउने यात्रुहरूलाई प्रतिबन्ध लगाएका छन्। चीनबाट अष्ट्रेलिया र क्यानडा जाने यात्रुले कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य देखाउनुपर्नेछ ।  एजेन्सीका अनुसार चीन र हङकङबाट आउने यात्रुले कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य देखाउनु पर्नेछ।

यसअघि अमेरिकाले पनि  नेगेटिभ रिपोर्ट अनिवार्य गरेको थियो । तब अब  नयाँ भेरियन्टको बढ्दो खतरालाई मध्यनजर गर्दै अमेरिकाले चीनबाट आउने यात्रुको परीक्षण अनिवार्य गरेको छ । अहिलेसम्म त्यहाँ नेगेटिभ रिपोर्ट मात्र देखाएर पुग्दैन ।

कोरोना वर्ल्डमिटरका अनुसार अहिलेसम्म विश्वमा ६६ करोड ४९ लाख ९५ हजार ४०३ मामिला देखिएको छ । ११ जनवरी २०२० मा चीनको वुहानबाट शुरु भएको कोरोना पुनः फैलिन थालेको छ ।  चीनमा पहिलो पटक एक ६१ वर्षीय व्यक्तिको मृत्यु भयो। 

विश्वमा कोभिडका कारण मृत्यु भएको यो पहिलो घटना हो । अहिलेसम्म ६६ लाख ९७ हजार ४ सय २ जनाको मृत्यु भइसकेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ