- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । लुइज इनासियो लुला दा सिल्भाले आइतबार ब्रजिलको राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेका छन् । दक्षिणपन्थी नेता जैर बोल्सोनारोको विभाजनकारी प्रशासनपछि उनले देशको पुनर्निर्माण गर्ने वाचा गरेका छन् ।
सपथ ग्रहणमा बोल्दै लुलाले बोल्सोनारोको सरकारलाई ब्रजिलको इतिहासको सबैभन्दा खराब अवधिको रूपमा वर्णन गर्दै पछिल्ला केही वर्षहरूलाई उनले छायाँ, शंका र धेरै पीडाको युग भनेका छन् ।
आधिकारिक रूपमा पदभार ग्रहण गरेपछि संसदलाई भाषण गर्दै लुलाले लोकतन्त्र अक्टोबरको राष्ट्रपतिको भोटको साँचो विजेता भएको टिप्पणी गरेका छन् । सो निर्वाचनमा बोल्सोनारो पराजित भएका थिए ।
'मतदान गर्ने स्वतन्त्रतामा सबैभन्दा हिंसात्मक खतराहरू, झुट र घृणाको सबैभन्दा घिनलाग्दो अभियानलाई र मतदातालाई हेरफेर र लज्जित पार्ने षड्यन्त्रलाई पराजित गर्दै यस चुनावमा लोकतन्त्रको ठूलो विजय भएको थियो,' उनले भनेका छन् ।
लुलाले भोक, गरिबी, जातिवाद र लैङ्गिक असमानताबाट ग्रस्त राष्ट्रलाई बचाउनको लागि कठोर परिवर्तनको वाचा गरेका छन्।
'यी भयानक भग्नावशेषहरूमा म ब्राजिलका जनतासँग मिलेर देशको पुनर्निर्माण गर्ने वाचा गर्दछु,' उनले भनेका छन् ।
लुलाले अमेजन वर्षावनमा शून्य वन विनाशको दिशामा काम गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।