arrow

बागमतीको मुख्यमन्त्री बनेर ५ वर्ष भित्र सङ्घीयता खारेज गर्छौँ : राप्रपा

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ पुष १९ मंगलबार
rrr.jpg

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा राप्रपाले कुनैपनि हालतमा नछाड्ने बताएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती संसदीय दलको नेता उद्धव थापाले प्रदेशको मुख्यमन्त्रीमा आफुले नछाड्ने बताएका हुन् । हेटौंडामा सोमबार पत्रकारहरू सँग कुराकानी गर्दै उनले भने ´मुख्यमन्त्री बनेर प्रदेश खारेज गर्छौँ, सङ्घीयता कुनैपनि हालतमा खारेज हुनुपर्छ, हामी गर्छौँ´।

राप्रपा सत्ताको लोभमा नरहेको भन्दै उनले आफू मुख्यमन्त्री बनेपछि ५ वर्ष भित्र सङ्घीयता खारेज गर्ने उनले बताए । उनले २०४६ सालपछि २०७९ सम्म आइपुग्दा मुलुकको बजेट घाटा झन्डै २०  खरब भइसकेकाले पनि आम जनताले अब सङ्घीयता चाहिँदैन भनेकाले आफूहरू त्यसको पक्षमा लागिरहने उनले बताए ।

प्रदेशसभामा ६६ प्रत्यक्ष र ४४ समानुपातिक गरी ११० प्रदेशसभा सदस्य सिट सङ्ख्या रहेको बागमतीमा सरकार बनाउन ५६ सिट आवश्यक पर्छ ।

एमाले, माओवादी केन्द्र र राप्रपा मात्र मिल्दा पनि बागमतीमा सहजै सरकार बन्न सक्ने स्थिति छ । प्रदेशमा कांग्रेसको ३७ जना संसद रहेका छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।

तर बागमती प्रदेश सरकारको नेतृत्वमा सत्ता गठबन्धनका मुख्य तीन वटा दलहरू सबैले दावी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ