arrow

पुटिनले गरे युक्रेनमा आक्रमण नगर्ने घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
putin-kazakhstan-2022.jpeg

काठमाडौं ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण नगर्ने घोषणा गरेका छन् ।

पुटिनले बिहीबार राति आफ्नो सेनाले जनवरी ६ र ७ मा युक्रेनमा आक्रमण नगर्ने घोषणा गरेका हुन् । 

पुटिनले दुई दिनका लागि युद्ध विराम घोषणा गरेका हुन्  । धर्मगुरुको अपिलपछि पुटिनले यो निर्णय लिएका हुन् ।

क्रिसमसलाई लिएर  रुसका ७६ वर्षीय क्रिस्चियन धर्मगुरु प्याट्रियार्क किरिलको अपिल गरेका थिए । पुटिनले उनको अपिललाई कार्यान्वयन गरेका छन् । 

गत वर्ष फेब्रुअरीमा युक्रेनमा भएको आक्रमणपछि रुसले युद्ध विराम घोषणा गरेको यो पहिलो पटक हो ।

 रुस र युक्रेन दुवैले अर्थोडक्स क्रिसमस मनाउँछन्। रुस, ग्रीस, इथियोपिया र इजिप्ट जस्ता पूर्वी युरोपेली देशहरूमा पनि अर्थोडक्स क्रिसमस मनाइन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ