arrow

रुस र  युक्रेन वार्ता गराउन टर्की इच्छुक

logo
रासस-सिन्ह्वा
प्रकाशित २०७९ पुष २४ आइतबार
russia-usa-attack-ukraine.jpg
फाइल तस्विर।

अङ्कारा। टर्कीले रुस र युक्रेनका बीचमा जारी रहेको युद्धको अन्त्य गरी शान्ति वार्ता गराउन इच्छुक रहेको जनाएको छ ।रुस र युक्रेनका बीचमा वार्ता गराउने सम्बन्धी कार्यका लागि टर्कीले इच्छा देखाएको र यसका लागि दुवै तर्फबाट स्थायी प्रकृतिको युद्धविराम गर्नुपर्नेमा पनि जोड दिएको जनाएको छ ।

बिहीबार मात्र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डाेगानले उनका रुसी र युक्रेनी समकक्षीसँग फोन वार्ता पनि गरेका थिए ।त्यस वार्ताका क्रममा पनि उनले रुस र युक्रेनका बीचमा हाल जारी रहेको युद्धको अन्त्यका लागि स्थायी प्रकृतिको युद्धविराम गर्नुपर्ने आग्रह गरेको उनको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

त्यस फोनवार्ताका क्रममा राष्ट्रपति एर्डाेगानले आफू रुस र युक्रेनका बीचमा जारी रहेको युद्धको अन्त्यका लागि मध्यस्थता गर्न तयार रहेको बताएका थिए ।उनले रुस र युक्रेन दुबैलाई स्थायी युद्धविराम गर्न आग्रह गर्दै त्यसपछि आफूले शान्ति वार्ताको मध्यस्थता गर्ने बताएका थिए।

रुसले अघिल्लो वर्षको फेब्रुअरीदेखि युक्रेनमा हमला गरेको थियो । त्यसपछि अहिलेसम्म पनि रुसले युक्रेनका विभिन्न सहरमा हमला जारी नै राखेको बताइएको छ । शान्ति वार्ताका लागि विश्वका विभिन्न देशले आग्रह गरेको भए पनि यी दुई देशले मानेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ