arrow

 बागमती प्रदेश

मुख्यमन्त्रीको कुर्सीमा बसे शालिकराम जम्मकट्टेल, यस्तो छ पहिलो निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
salikram-gamakattel-bagmati.jpg

बागमती ।  बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गरेका छन् । उनले शपथग्रहण गरेलगत्तै पदभार गरेसंगै दुई वटा निर्णयसमेत गरेका छन् ।

उनले बागमतीमा मन्त्रालयको संख्या १५ दिन भित्र घटाउने गरी समिति गठन गर्ने पहिलो निर्णय गरेको जानकारी दिए ।

१५ दिनभित्र समितिले प्रतिवेदन पेस गर्ने सोहि आधारमा मन्त्रालय संख्या टुंगो लगाउने जम्मकट्टेलले बताए ।

हाल भएको प्रदेशको १४ मन्त्रालयलाई घटाएर ९ देखि ११ वटा बनाउन ५ सदस्यीय समिति बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन भएको छ ।

समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, कानुन सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका प्रशासन महाशाखा प्रमुखलगायत पाँच सदस्य रहेका छन् ।

त्यस्तै पुस मसान्त भित्र संघिय सरकारमा पठाउनु पर्ने विशेष र समपुरक आयोजनाहरु पठाउने निर्णय भएको मुख्यमन्त्री जम्मकट्टेलले जानकारी दिए ।

बागमतीमा निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको कार्यकालमा आठबाट मन्त्रालय संख्या १४ पुर्‍याइएको थियो । प्रदेशले झ्यालै पिच्छे मन्त्रालय राखेको भन्दै  पाण्डे नेतृत्वको सरकारको चौतर्फी आलोचना भएको थियो । 

त्यस्तै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले पनि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेसंगै उनले प्रदेशको भार कम हुनेगरी विकासका कामलाई तिब्रता दिएर अघि बढ्ने प्रतिक्रिया दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ