arrow

सोभियतको पतनपछि कीर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तानका लागि अभिशाप बनेको 'फरगाना उपत्यका'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २८ बिहिबार
fergana-valley-.jpg

काठमाडौं । हालै किर्गिस्तान र ताजिकिस्तानको सिमानामा भएको झडपले यस क्षेत्रको अस्थिरतातर्फ ध्यान खिचेको छ। 'फरगाना उपत्य'का किर्गिजस्तान, ताजिकिस्तान र उजबेकिस्तान तीन देशबीच जातीय आधारमा विभाजित क्षेत्र हो।

नारिन र कारा दर्या नदीको संगमस्थल भएकाले यो उपत्यका कृषिको उद्गम स्थल पनि हो। सन् २०२२ मा किर्गिजस्तान र ताजिकिस्तानबीचको सीमा विवादका कारण मध्य एसियाको यो सघन जनसङ्ख्या भएको क्षेत्र समाचारको केन्द्र बनेको थियो। विवादले ठुलो रूप लिँदा यहाँ ठुलो सङ्ख्यामा मानिसहरू स्थानान्तरण भएका थिए भने, हिंसात्मक झडप बढेका थिए। 

यस क्षेत्रमा श्रोत-साधन बाँडफाँडमा हिंसाको इतिहास छ, र हालैको झडपलाई पनि युद्धकै अवस्थासँग तुलना गरिएको छ।

पछिल्लो समय प्रमुख झडप

विभिन्न खण्डहरूमा नसुल्झिएका सीमा विवादहरू सक्रिय द्वन्द्वमा परिणत हुन सक्ने सम्भाव्यताको बारेमा विज्ञहरू सधैँदेखि चिन्तित छन्। यो खतरा २०२१ को अप्रिल २८ मा  दुई देशबीच विवादमा रहेको वोरुख एन्क्लेभ क्षेत्रले भारी गोला बारुदको प्रयोगसहित 'अप्रिल युद्ध' रूप लिएसँगै वास्तविकतातर्फ धकेलियो।

अप्रिलको द्वन्द्वले ठुलो सङ्ख्यामा पीडितहरू निम्त्यायो भने, दुवै पक्षमा क्षतिको स्तर बढ्यो, फलस्वरूप ताजिकिस्तानका नागरिकहरूको लागि किर्गिज सीमा बन्द भयो। विवादित सिमानाका झडपहरू द्विपक्षीय सीमा सम्झौताबाट सजिलै समाधान हुन नसक्ने प्रमाणित गर्दै यो मुद्दाको पनि कुनै समाधान हुन सकेन। 

उज्बेकिस्तानमा सेप्टेम्बरमा २०२२ को सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन हुनुभन्दा दुई हप्ता अघि पनि यस्तै तनाव देखिएको थियो। यो घटना सुरुमा ताजिक नागरिकद्वारा किर्गिजको बाटकेन प्रान्तको इस्फाना गाउँमा भएको थियो। यस घटनाले अघिल्ला घटनाहरू झैं तनाव बढाउँदै सशस्त्र झडपसहित टेस्की, वोरुख र बटकेन जिल्लाहरूमा द्वन्द्व फैलायो।

१६ सेप्टेम्बरमा किर्गिस्तान र ताजिकिस्तान दुवै देश ट्याङ्क, भारी तोपखाना र हतियारको प्रयोग गरी खतरनाक सैन्य द्वन्द्व या हिंसामा संलग्न भएका थिए। दुवै देशले एकअर्कालाई नागरिक पूर्वाधार र नागरिकमाथि आक्रमण गरेको र युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाएका छन्। 

किर्गिस्तानका अधिकारीहरूले ओश र बाटकेन क्षेत्रमा १ लाख ३७ हजार मानिसहरूलाई स्थानान्तरण गरिएको जानकारी दिएका छन्। विभिन्न अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले ताजिक राष्ट्रपतिले बदख्सान क्षेत्रमा भइरहेको विरोध प्रदर्शनबाट ध्यान हटाउन खोजेको अनुमान गरेका छन्। 

रुसी राष्ट्रपतिले सधैं मध्यस्थता प्रदान गरे र शान्ति सम्झौताको लागि आग्रह गर्ने गरेका छन्। टर्की र इरानी अधिकारीहरूले पनि समाधान र मध्यस्थतामा सहयोग गर्न चासो देखाएका छन्।

द्वन्द्वका कारणहरू

द्वन्द्वको प्रमुख कारण मध्य एसियामा विगत ३२ वर्षदेखि समाधान हुन नसकेको सीमा समस्या हो । सन् १९९१ मा सोभियत सङ्घको पतनसँगै मध्य एसियाका पाँचवटा देशले स्वतन्त्रता प्राप्त गरेका थिए। 

साझा भूगोलमा सँगै बस्न खोज्ने विभिन्न जातिहरूलाई छुट्टाछुट्टै राज्यमा विभाजन गरी सोभियत सङ्घले सिमानाहरू बनाएको हुनाले यस क्षेत्रमा राज्यको गठन अप्राकृतिक हुन पुगेको थियो ।

फरगाना उपत्यकामा सबैभन्दा जटिल सीमा स्थिति छ किन भने, सन् १९३० को दशकमा बनाइएका सिमानाहरूले यहाँका बासिन्दाहरूलाई विचार नगरेको देखिन्छ । तर, तीनै देशले वर्षौंदेखि विभिन्न सम्झौता गरेर सीमा विवाद आन्तरिक रूपमा समाधान गरेकै छन् ।

यद्यपि, निरन्तर झडपहरू हाबी छन्। सोभियत युगमा संसाधन बाँडफाँड सम्झौताहरूले शान्ति कायम राखेको थियो। यद्यपि सन् १९९१ मा सोभियत सङ्घको विघटनसँगै, यी सम्झौताहरू टुटे र नयाँ राज्यहरू स्रोत साझेदारीको द्वन्द्वमा धकेलिए र क्षेत्रीय दाबी पनि बढ्यो ।

सरल शब्दमा सिमानाले देशहरुबीचको राष्ट्रिय एकतालाई रोक्छ र छिमेकीहरू बीच असन्तुष्टि पैदा गर्दछ। सोभियत सङ्घको पतनपछि छिमेकीहरू बीचको निरन्तर मतभेद बढ्दा यसको मध्यस्थताका लागि क्षेत्री प्रभुत्वसहित यस क्षेत्रमा रुसले आफ्नो प्रभाव बनाएको छ ।

अझै बढी, बाह्य प्रभावबाट बच्न मध्य एसियाली गणतन्त्रका भागहरूले सीमा विवाद द्विपक्षीय रूपमा समाधान गर्नु आवश्यक छ। दुवै प्रदेशका सीमा आयोगले नौ सय ७० किलोमिटरमध्ये पाँच सय किलोमिटर साझा सिमानाको सिमाङ्कन टुङ्ग्याएका छन्।

उनीहरूले छोडेका विवादित सत्तरी खण्डहरू नै द्वन्द्वको महत्त्वपूर्ण कारण बनेका छन्। सामान्यतया, यस उपत्यकामा द्वन्द्वको स्वरूप तीन तहको हुन्छ, स्थानीय (मुख्यतया सीमावर्ती गाउँहरूबीच), जातीय (विभिन्न जातजातिहरू बीच) र सैन्य (सीमा सेनाको स्तरमा) जहाँ दुवै पक्षका सेनाहरू गोलीबारीमा संलग्न हुन्छन्। अधुरा मुद्दामा सहमतिमा पुग्ने उद्देश्यका दुवै देशका प्रतिनिधिहरुबीचको बैठक सफल हुन सकेको छैन्।

द्वन्द्वको अर्को मुख्य कारण अमु दर्या र सिरदरिया नदीमा पानी बाँडफाँडको मुद्दा पनि हो। यी नदीहरू क्रमशः ताजिकिस्तान र किर्गिस्तानमा उत्पत्ति हुन्छन्। उज्बेकिस्तान तल्लो तहको राष्ट्र भएकोले यसले जलस्रोतको ठुलो हिस्सा पाउँछ र यसलाई असमान बनाउँछ। 

अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा ओगट्ने कपास निर्यातको लागि कृषिमा निर्भरताका कारण उज्वेकिस्तानले ताजिकिस्तान र किर्गिस्तानले गरेको कुनै पनि जलविद्युत प्लान्टको विकासलाई अस्वीकार गर्ने गर्छ। नयाँ स्वतन्त्र राज्यहरूको प्राथमिकता आफ्नो राष्ट्रिय हितमा सरेपछि सोभियत युगमा अपनाएको साझेदारी प्रणालीले स्वतन्त्रता पछि बढ्दो विवाद निम्त्याएको हो।

यस उपत्यकामा नसुल्झेका धेरै समस्याहरूलाई ध्यानमा राख्दै यस्ता झडपहरू भविष्यमा पनि हिंसक झडपमा परिणत हुने जोखिम छ। स्रोत र क्षेत्रीय दाबीहरू अन्तर सम्बन्धित छन्, र जातीय द्वन्द्व र क्षेत्रीय दाबीहरू पनि छन्। 

बहुजातीय राष्ट्रहरूको सिमाना पार विभिन्न जातजातिहरूको उपस्थिति रहेको थियो। मुख्यतया विभिन्न ठाउँका जातीय अल्पसङ्ख्यकहरूलाई स्वतन्त्रता पछिको समावेशीकरण छ ।

तर, सोभियत बेलाको विपरीत नयाँ स्थानीय सरकारहरूले सीमा पार ट्रान्जिसनमा रोक लगाएको थियो । यसै कारणले विभिन्न जातिको घना जनसङ्ख्या भएका यी क्षेत्रलाई तनावपूर्ण बनायो ।

नयाँ गणतन्त्रहरूले दुवै नागरिक र सैन्य सुविधा अनुसार क्षेत्रहरूमा दाबी राख्न  सोभियत युगका विभिन्न नक्साहरू प्रयोग गरेका छन्। तसर्थ, यी तीन अन्तर सम्बन्धित मुद्दाहरूले क्षेत्रमा अस्थिरता सिर्जना गरेको छ।

रुसको राजनीतिक हस्तक्षेपले झडपहरू चाँडै दबाउने गरेको भए पनि, यी क्षेत्र अथवा देश पानी बाँडफाँडलाई लिएर तनावपूर्ण सम्बन्धमा रहेका छन्। यसबाहेक सघन जनसङ्ख्या भएको फरगाना उपत्यकामा जातीय र श्रोतसाधनको मुद्दाले स्थानीय पानी विवाद जलवायु परिवर्तनको कारण क्षेत्रीय तनावका रूपमा परिणत हुन सक्छ।

यी द्वन्द्वहरू राजनीतिक वार्ताबाट शान्त हुन सक्ने भए तापनि उपत्यकामा अविश्वास र स्रोतसाधनको आवश्यकताले कुनै पनि झडपलाई द्रुत गतिमा सशस्त्र द्वन्द्वमा परिणत गर्न सक्छ र यसो हुँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ