arrow

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
salikram-gamakattel-bagmati.jpg

काठमाडौं । बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको छ । 

 प्रदेशसभाको आज अपराह्न बस्ने बैठकको सो कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

मुख्यमन्त्री जम्मकट्टेलले गत पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । 

आज बस्ने प्रदेशसभा बैठकमा प्रदेशसभा नियमावली, २०७४ अनुसार विश्वासको मत विभाजनका लागि आवश्यक प्रक्रिया तयारी पूरा भइसकेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, राप्रपा १३, नेकपा (एकीकृत समाजवादी)का सात, नेककिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ