arrow

नक्कली म्याक लुब्रिकेन्ट इन्जिन आयल बिक्री वितरण तत्काल बन्द गर्न सिप्रदी ट्रेडिङको कडा चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ६ शुक्रबार
mak-lubricants-original-duplicate.jpg

काठमाडौँ। विगत केही समय देखि नेपालका केही स्थानहरूमा छिमेकी मुलुकबाट अवैध रूपमा नक्कली म्याक लुब्रिकेन्ट आयात गरी बिक्री गरिरहेको पाइएको छ।

अटो बजारको लोकप्रिय म्याक लुब्रिकेन्ट्स दुई पाङग्रे देखि सानो गाडी तथा ठुलो गाडीमा समेत प्रयोग हुने सर्वाधिक रुचाइएको इन्जिन आयल हो। अटो क्षेत्रमा मात्रै सीमित नभएर इण्डस्ट्रियल प्रयोजनका लागि पनि प्रयोग हुने म्याक लुब्रिकेन्ट्स नेपाल, भारत, लगायत विभिन्न राष्ट्रहरूमा प्रयोग हुने लोकप्रिय इन्जिन आयल हो।

तर विगत केही समयदेखि नेपालका वीरगन्ज, चितवन, जनकपुर, महेन्द्रनगर, पोखरा, गौर लगायतका क्षेत्रमा छिमेकी मुलुकबाट अवैध रूपमा नक्कली म्याक लुब्रिकेन्ट आयात गरी बिक्री गरिरहेको कम्पनीले जनाएको छ। यस्ता कार्यले इन्जिन खराब मात्र नभएर राजस्वमा पनि धेरै नकारात्मक असर पनि पर्दै आएको छ।

सन् २०२२ देखि नेपालका लागि एक मात्र भारत पेट्रोलियमको म्याक लुब्रिकेन्ट्सका आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले भविष्यमा यस्ता गतिविधि बन्द नगरेमा ती व्यापारीहरूलाई कडा भन्दा कडा कारबाही गर्ने समेत जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ