arrow

राष्ट्रपतिको सवारीमा हिँडेका चिकित्सकमाथि प्रहरीको लाठी [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
security-doctor-police.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सडकमा हिँडेको भन्दै सुरक्षाकर्मीले राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा. जनिथ सिंहमाथि लाठी बर्साएका छन् । जसका कारण डा. सिंहको टाउकोमा गम्भीर चोट लागेको छ ।  

शुक्रबार अपरान्ह राष्ट्रपति भण्डारी संसदमा सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर बाटोमा हिँडिरहेका डा. सिंहमाथि सुरक्षाकर्मीले लाठी चार्ज गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको हो । 

गम्भीर घाइते उनको ट्रमा सेन्टरमा उपचार भइरहेको सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले बताएका छन् । उनका अनुसार डा. सिंहले आफू चिकित्सका भएको कार्ड देखाउँदासमेत लाठी खानु परेको थियो । 

स्वास्थ्यकर्मीमाथि प्रहरीको दुर्व्यवहारविरुद्ध वीर अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । 

राष्ट्रपतिको आजको संसद यात्राका क्रममा सर्वसाधारणले ठूलो सास्ती बेहोर्नु परेको छ । यो सास्ती आजमात्र भने हैन । वैकल्पिक व्यवस्था नगरिँदा उनको सवारीका बेलामा हरेक पटक सर्वसाधारणले सास्ती व्यक्त गर्दै आएका छन् । 

स्वयं भण्डारीले भने मिडियामा आफ्नो पदीय मर्यादाको सम्मान हुनुपर्ने बताएकी थिइन् । उनले राजसंस्था फालेपछि सोही अनुसारको सम्मान राष्ट्रपतिले पाउनु पर्ने जिकिर गरेकी हुन् । 

तर जनताले चुनेका प्रतिनिधिले बनाउने राष्ट्रपति राजाका बेलाको जस्तो तानाशाही हुनुहुन्न भन्ने मान्यताविपरीत सुरक्षाका नाममा सर्वसाधारणले भने दुःख पाउनु परेको छ । 

IMG-20230210-WA0059.jpg
सवारीमा सास्ती
IMG-20230210-WA0060.jpg
सवारीमा सास्ती
IMG-20230210-WA0061.jpg
सवारीमा सास्ती
IMG-20230210-WA0062.jpg
सवारीमा सास्ती
IMG-20230210-WA0063.jpg
सवारीमा सास्ती
IMG-20230210-WA0064.jpg
सवारीमा सास्ती
IMG-20230210-WA0065.jpg
सवारीमा सास्ती
IMG-20230210-WA0066.jpg
सवारीमा सास्ती
IMG-20230210-WA0067.jpg
सवारीमा सास्ती
IMG-20230210-WA0068.jpg
सवारीमा सास्ती
IMG-20230210-WA0069.jpg
सवारीमा सास्ती
IMG-20230210-WA0070.jpg
सवारीमा सास्ती
IMG-20230210-WA0071.jpg
सवारीमा सास्ती
IMG-20230210-WA0072.jpg
सवारीमा सास्ती
IMG-20230210-WA0073.jpg
सवारीमा सास्ती
IMG-20230210-WA0074.jpg
सवारीमा सास्ती
IMG-20230210-WA0075.jpg
सवारीमा सास्ती
IMG-20230210-WA0076.jpg
सवारीमा सास्ती
IMG-20230210-WA0077.jpg
सवारीमा सास्ती
IMG-20230210-WA0080.jpg
सवारीमा सास्ती


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ