arrow

‘नेक्सन ईभी वेमेन ड्राइभ द नेशन’ अन्तर्राष्ट्रिय नारी दिवसको कार्यक्रम सम्पन्न (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
sipridi-nexon-ev-women-drive.jpg

काठमाडौँ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘नेक्सन ईभी वेमेन ड्राइभ द नेशन’ नारा का साथ सिप्रदी टाटा मोटर्सको विशेष कार्यक्रम सम्पन्न भएको छ। ‘नेक्सन ईभी वेमेन ड्राइभ द नेशन’ नारा का साथ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सिप्रदी टाटा मोटर्सले नारी विशेष कार्यक्रम आयोजना गरेको छ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा देश विकास र पहिचान स्थापनामा नारीहरूको योगदानको उच्च कदर गर्दै  ’नेक्सन ईभी वेमेन ड्राइभ द नेशन’ नारा का साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ।

अन्तर्राष्ट्रिय नारी दिवसको यस वर्षको ’डिजिटल : आविष्कार र प्रविधिमा लैङ्गिक समानता’ नारा बोकेको पहल लाई कुनै न कुनै रूपले  सहयोग पुग्ने हेतुले अहिलेको विद्युतीय सवारी र त्यसको लागि जरुरी पूर्वाधार, सिप तथा जानकारी दिन ‘नेक्सन ईभी वेमेन ड्राइभ द नेशन’ कार्यक्रम आयोजना गरिएको जानकारी प्यासेन्जर भेहिकल प्रमुख शावंत जङ्ग सिजापतिले दिए।

नेक्सन ईभीका महिला ग्राहकहरूको सहभागिता सँगै वात्सल्यकी वरिष्ठ प्रजनन विशेषज्ञ डा.आकृति भारतीको प्रमुख आतिथ्य रहेको यस कार्यक्रममा मिस नेपालकी प्रियङ्का रानी जोशी, न्यान्सी खड्का, र शरिसा श्रेष्ठ का साथै सिप्रदी ट्रेडिङ्गमा कार्यरत महिलाहरू र टाटा मोटर्सका  महिला ग्राहकहरूको बाक्लो सहभागिता रहेको थियो।

विद्युतीय गाडी सञ्चालनको आधारभूत प्रक्रिया र प्रणाली सम्बन्धी जानकारी अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै एकदम जरुरी छ र यसमा हरेक व्यक्तिले नयाँ प्रविधि जान्नु –बुझ्नुपर्ने समय रहेको जानकारी टाटा मोटर्सका तर्फबाट कन्ट्री म्यानेजर श्री अजित नारायण सिंहले बताए।

आ–आफ्नो क्षेत्रबाट विशेष योगदान दिएका आमन्त्रित महिलाहरूलाई नेक्सन ईभीको प्रयोगद्वारा वातावरण संरक्षणमा पनि टेवा पुर्‍याउन प्रोत्साहन गर्न थापाथली स्थित शोरुमबाट बागडोल हुँदै नैकाप सम्म नेक्सन ईभीमा सवार गरिएको थियो। यसै दौरान बागडोलमा ग्राहक सेवा प्रमुख सँग सँगै कर्मचारी द्वारा फास्ट चार्जिङ्ग स्टेशनका महत्त्वपूर्ण जानकारी, ईभी गाडीमा ख्याल राख्नु पर्ने र जान्नु पर्ने तरिकाहरू सिकाइएको थियो।

यसै भ्रमणका क्रममा नेपालको एक मात्र ब्याट्री डायग्नोस्टिक तथा रेस्टोरेसन फेसिलिटीमा ईभी गाडीको हेरचाह तथा मर्मत नेपालमा गर्न सकिने विश्व स्तरीय उपकरणहरू पनि देखियो।

बागडोल पश्च्यात सिप्रदी नैकाप स्थित ’इभी लर्निङ सेन्टर’ मा विद्युतीय गाडी सञ्चालनको आधारभूत प्रक्रिया र प्रणाली सम्बन्धी जानकारी गराइएको थियो। दक्षिण एसियाकै एक मात्र ट्रेनिङ सेन्टर जहाँ पूर्ण रूपमा सञ्चालित उच्च उपकरणहरू पढ्न, बुझ्न र सिक्न सकिने ’इभी लर्निङ सेन्टर’को भ्रमण गर्दै विभिन्न जिज्ञासाहरू पनि राख्ने मौका दिएको ट्रेनिङ्ग सेन्टरका सुमिरा क्षेत्री तथा प्रमुख दिपेश पौडेललाई धन्यवाद दिएका थिए।

नैकाप पुगे सँगै विभिन्न मनोरञ्जनात्मक खेल, प्रश्नोत्तर र खानपिनका विभिन्न परिकारको व्यवस्था रहेको यस कार्यक्रमले नेक्सन ईभीका ग्राहक सँग सँगै मिस नेपालका प्रतिस्पर्धीलाई थप हौसला दिने विश्वास सिप्रदी ट्रेडिङ प्रालिले लिएको छ। साथै “नारीहरूको योगदानको कदर हुनु सकारात्मक रहेको र यसले भावी पुस्तालाई देशको लागि केही गर्न प्रोत्साहन गरिरहने” प्रमुख अतिथि डा.आकृति भारतीले पनि आफ्नो मन्तव्य मार्फत व्यक्त गरेकी थिइन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ