arrow

अर्थतन्त्र सुधारका लागि नीतिगत परिवर्तनका लागि पहल गरिरहेका छौ : वरिष्ठ उपाध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
chandra-dhakal-rupandehi-fncci.jpg

रुपन्देही। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समस्यामा रहेको अर्थतन्त्रलाई सुधार गर्दै निजी क्षेत्रको पक्षमा नीतिगत परिवर्तनका लागि पहल गरिरहेको बताएका छन्।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको ६४औँ साधारण सभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको पदस्थापन कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नीतिगत सुधार गर्दै निजी क्षेत्रमैत्री वातावरण बनाउन सकेमा अहिलेको संवेदनशील परिस्थितिबाट बाहिर निस्कन सकिने समेत बताए। उनले कसैको व्यक्तिगत एजेण्डा भन्दा माथि उठेर निजी क्षेत्रको जित हुने गरी काम गर्ने बताए।

ढकालले भने, “अहिलेको अवस्था निकै संवेदनशील अवस्था छ। यसलाई सबैको जित हुने गरी तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने अवस्था छ। व्यक्तिको भन्दा पनि हाम्रो एजेण्डाको जित हुनुपर्छ। निजी क्षेत्रको जित हुने गरी समस्याको समाधान गर्नु पर्नेछ। यसकालागि हामीले नेपाल राष्ट्र बैङ्क र नेपाल सरकारसँग बारम्बार कुरा गरिरहेका छौँ। यसलाई निष्कर्षमा पुर्‍याउने गरी महासङ्घ लागिरहेको छ।”

बैङ्कको ब्याजदरको कुराको सन्दर्भमा आफूहरूले राष्ट्र बैङ्कसँग बारम्बार छलफल गरिरहेको बताए। उनले तिन वटै तहका सरकारहरू निजी क्षेत्रमैत्री बनेमा आर्थिक विकास र पूर्वाधार निर्माणका कार्यहरू द्रुत रूपमा अगाडि बढ्न सक्ने बताए।

निकट भविष्यमा नै महासङ्घको नेतृत्व लिन लाग्नुभएका ढकालले खुल्ला सीमाका कारण भैरहवालगायत सिम क्षेत्रका व्यवसायीहरू मर्कामा परेको बताए।

उनले खुल्ला सिमाना हुने अनौपचारिक कारोबारलाई दुरुत्साहन गरी व्यवसायीहरूको संरक्षणका लागि आफूले पहल गर्ने समेत बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ