arrow

बागमती प्रदेश

चैत ८ मा विश्वासको मत लिने मुख्यमन्त्री जम्मकट्टेलको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २ बिहिबार
salikram-jamkattel.jpg

काठमाडौं ।  बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन् । 

उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो । त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । 

गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । 

बागमती प्रदलेश सरकारको वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ