arrow

प्रदेशमा पनि दोस्रोपटक विश्वासको मत लिने थालनी, मुख्यमन्त्री जम्मकट्टेलले आज लिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ८ बुधबार
salikram-jamkattel.jpg
तस्बिर – फाइल ।

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् । सत्ता साझेदारसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । 

मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने भएपछि चैत ८ गते दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए । जसअनुसार नेकपा एमाले, नेपाली कांग्रेससहित ६ राजनीतिक दलका १०५ जना सांसदसहितको उनले भारी मतसहित विश्वासको मत पाएका थिए । उनको विपक्षमा नेमकिपाका ३ जना सांसद मात्रै उभिएका थिए ।

आज लिने विश्वासको मतमा राप्रपाले नदिने जनाए पनि सत्ता साझेदार नेकपा एमाले भने अझै अनिर्णित अवस्थामा रहेको छ । केन्द्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन भत्किए पछिको परिस्थितिले एमालेलाई माओवादी केन्द्रका मुख्यमन्त्री जम्कट्टेललाई मत दिने कि नदिने भन्ने अन्यौल बढाएको हो । 

गत पुस २५ गते नेकपा एमालेसहित ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । प्रदेश सरकारले दोस्रो पटक विश्वासको मत लिन लागेको यो पहिलो पटक हो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ