arrow

मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने कांग्रेसको निर्णय, बैठक १० गते

logo
रविन्द्र गौतम,
प्रकाशित २०७९ चैत ८ बुधबार
baithak.jpg

हेटौंडा । नेपाली कांग्रेस संसदीय दलको काठमाडौंमा बसेको बैठकले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने सर्वसम्मत निर्णय गरेको छ ।

जम्मकट्टेललाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय गर्न कांग्रेसको बैठक बसेको थियो । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिने कार्यक्रम थियो ।

तर नेपाली कांग्रेसले विश्वासको मत दिने या नदिने भन्नेबारे तत्काल निर्णय गर्न नसक्दा ३ बजे बोलाइएको बैठक अनिश्चित बनेको थियो ।

आज ३ बजे बोलाइएको बैठक १० गतेका लागि बस्ने गरी सारिएको बुझिएको छ । यद्यपि संसद सचिवालयले भने आधिकारिक सूचना भने जारी गरेको छैन ।

नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा बागमती प्रदेश सभा नियमावली २०७४ को नियाँ १४३ को उपनियम १ बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव ३ बजे पेश गर्नु भन्दै प्रदेश सभा सचिवालयले सूचना जारी गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ