arrow

पाँच हजार लगानीको गोलभेँडाबाट अहिले दैनिक पाँच लाखको व्यापार गर्दै मनौवर

logo
नारायण वली,
प्रकाशित २०७९ चैत ९ बिहिबार
mohammad-2.jpg

रुपन्देही । नेपाली उत्पादनको प्रयोगबाट व्यवसाय शुरु गरेका सफल व्यवसायी हुन्, मोहम्मद मनौवर । २०४४ सालमा जन्मिएका मनौवर आफ्ना बुबाले गरेको व्यापारलाई नै अँगाले । सानै उमेरमा बुबाआमा गुमाएका उनी अभिभावकको दिवंगतपछि हाटबजारमा तरकारी बेच्न शुरु गरे ।

प्राथमिक तहसम्म अध्ययन गरेका उनले बुबाले गरेको व्यवसायलाई अँगालेर अगाडि बढे । उनले साथीभाइसँग आर्थिक सहयोग लिएर ५ हजार रुपैयाँ संकलन गरे । बुटवल उपमहानगरपालिका वडा नं २ पारीबुटवलमा बहालमा बस्दै आएका मनौवर सीमित लगानीबाट बुटवलको हाटबजारमा बसेर तरकारी बेच्ने कामलाई निरन्तरता दिए । 

आवश्यक्ताहरुलाई पूरा गर्न उनी बिहान ५ बजेदेखि रातिको ८ बजेसम्म तरकारी बेच्नमा खटिए । त्यसपछि आफ्नो जीवनलाई संघर्षतिर मोडे । एउटा किशोर अवस्थाको साहसलाई डटेर लागि परे । स– साना चुनौतीहरुलाई पन्छाउँदै गए । तरकारी बेचेर आएको फाइदालाई लगानी गर्दै गए । केही रकमलाई सहकारीमा सञ्चित गर्दै, देवीनगरमा एउटा घडेरीसमेत किनेको मनौवरको भनाइ छ । सल्यानमा उत्पादन भएको टमाटरलाई आफ्नो ब्राण्ड बनाएका छन् । 

किशोरावस्थाबाट संघर्षमा जमेका उनले आफ्नो बिहेवारी व्यापारबाट कमाई भएको पैसा गरेको बताउँछन् । दुई छोरी रहेका उनले एउटी छोरीलाई बोर्डिङ्ग स्कुलमा पढाएका छन् । परिवारप्रति सधैँ उत्तरदायी भएर परिवारको दरिलो खम्बा बनेका उनी कहिल्यै कुनै गलत संगतमा फसेनन् ।

जिम्मेवारी र कर्तव्यबोध भएकै कारण परिवारको लागि सधैँ सोचे । संघर्षबाट थुप्रै अनुभव बटुले । त्यही अनुभवका साथ, जोश र विश्वासका कारणले हाटबजार बाट शुरु गरेको तरकारी व्यापार अहिले बुटवलको कृषि उपज थोक बजार पुरानो बसपार्क (सब्जीमन्डीमा) रहेको सटरमा फलफूल सब्जी पसललाई चलाउन सफल भएका छन् । 

उनी भन्छन्, 'दिनभर बसेर व्यापार गर्थेँ । दैनिक बजारमा गरेको मेहनतले बजारमा “टमाटर” बेच्ने नामलाई स्थापित गराएँ ।' कठोर संघर्ष गरेका उनि टमाटरलाई मात्रै पहिलो प्राथमिकतामा राखे ।

बजारमा जादाँ पैदल जाने जस्ता अनेकौं चुनौतीहरुसँग लडेर एउटा व्यवसाय दर्ता गरेर चलाउन भ्याए । जीवनमा हार खानु हुँदैन भन्ने उनको मुख्य मान्यता छ । जहिल्यै खुशी मिजासले व्यवसायलाई इमान्दार भएर निरन्तर मेहनत गरेका कारण सफल भएको उनको ठम्याई छ । समयलाई गति दिन मान्छेले कति चाहनाहरु मार्नुपर्छ, कति मुस्किल सामाना गर्नुपर्छ र कति बाधा, चुनौतीहरु तँगारो बनिदिन्छन् । तर उनले सबै परिस्थितीलाई सामाना गर्दै व्यवसायलाई समय दिए । जीवनमा हार नखाएर निरन्तर कर्मले सफल भइने एक उदाहरणीय पात्र बनेका छन्, मनौवर ।

उनले आफ्नो व्यवसायमा प्रत्यक्ष ४ जनालाई रोजगारी दिएका छन् । उनी भन्छन्, 'मेरा साथLहरुले साथ नदिएको भए सायद आज म यहाँसम्म आउने थिइन होला ।' ५ हजार लगानीबाट शुरु भएको व्यवसायले अहिले दैनिक ४–५ लाख बराबरको कारोबार गर्ने गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ