arrow

४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
Student-election.jpeg

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय (त्रीवी) मा यही चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयू) निर्वाचनमा ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ । 

देशभर ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो  । अझै १३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन बाँकी रहेको छ । 

त्रीवीबाट प्राप्त विवरण अनुसार अनेरास्ववीयू १९, नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले  १८, अखिल (क्रान्तिकारी) चार, समाजवादी विद्यार्थी युनियन दुई र विद्यार्थी जनमत सङ्घले एक  क्याम्पसमा विजयी प्राप्त गरेका छन् ।अन्य क्याम्पसको विवरण प्राप्त भइरहेको त्रीवीले जनाएको छ । 

त्रीवीले पुनः निर्वाचन गर्न निर्देशन दिएपछि केही क्याम्पसमा चुनावी प्रक्रिया शुरु भएको छ । चैत १२ गते पोखरा वन क्याम्पस, चैत १७ गते आयुर्वेद क्याम्पसका र कृषि क्याम्पस चितवन र चैत १८ गते धवलागिरि बहुमुखी क्याम्पस बागलुङले निर्वाचन गर्ने गरी निर्वाचन प्रक्रिया शुरु गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ