arrow

एकै मितिमा स्ववीयू निर्वाचन गराउन माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
Student-election.jpeg

काठमाडौं ।  तीन विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालय (त्रीवी) का रोकिएका क्याम्पसपमा एकै दिन स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयू) निर्वाचन गराउन माग गरेका छन् । 

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववीयू (क्रान्तिकारी) र अनेरास्ववियूको बुधबार बसेको संयुक्त बैठकले रोकिएका क्याम्पसमा एकै दिन निर्वाचन गराउन माग गरेका हुन् । 

बैठकपछि नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, क्रान्तिकारीका अध्यक्ष पन्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै रोकिएका त्रीवीका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा एउटै मितिमा निर्वाचन सम्पन्न हुने गरी कार्यतालिका सार्वजनिक गर्न त्रीवीसँग माग गरेका छन् । 

उनहरुले निश्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचनको सुनिश्चिता गर्नसमेत माग गरेका छन् । उनहरुले बाँकी रहेका क्याम्पसमा लोकतान्त्रिक प्रक्रियाबाट विद्यार्थीलाई आफ्नो प्रतिनिधि चुन्ने अधिकार पनि सुनिश्चित गराउन माग गरेका छन् । 

तीन विद्यार्थी सङ्गठनले स्ववीयू निर्वाचन अवैधानिक भर्ना र क्याम्पस प्रशासनको चरम लापरवाहीका कारणले यही चैत ५ गते हुन नसकेको बताएका आरोप लगाएका छन् । उपत्यकाका अमृत साइन्स क्याम्पस, त्रिचन्द्र वहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस, आरआर क्याम्पस र नेपाल कर्मश क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । 

यस्तै उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस विरगंज, वीरेन्द्र वहुमुखी क्याम्पस चितवन, चितवन इन्जिनियरिङ क्याम्पस र सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा निर्वाचन गर्न बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ