arrow

नेपाली नागरिकता लिने तिब्बती शरणार्थी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २५ शनिबार
tibetian-nepali-citizenship.jpg

काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट निमा ल्हामो गुरुङको नाममा जारी भएको नागरिकताको प्रमाणपत्रसहित तिब्बतमा जन्म भई शरणार्थीको रूपमा काठमाडौं बौद्ध टुसाल बस्ने २७ वर्षीया युवती पक्राउ परेकी हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गुरुङलाई बिहीबार बौद्धबाट पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए । उनी तिब्बतबाट भारतको बिहार र दिल्ली हुँदै दुई वर्षदेखि बौद्धको बुद्ध तुसाल क्याम्पमा बसोबास गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

उनले क्याम्पमा बसोबास गर्ने व्यक्तिमार्फत नेपाली नागरिक कृष्णबहादुर कटुवाललाई नागरिकता बनाउन सम्पर्क गरेको र कटुवालले नेपाली नागरिकता दिलाए बापत ५ लाख रुपैयाँ लिएकोसमेत खुलेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ