arrow

एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७३ असोज १४ शुक्रबार
court.jpg.jpeg
काठमाडौं । अखिल नेपाल फुटवल संघ एन्फाको निर्वाचन रोक्न उच्च अदालत पाठनले आदेश दिएको छ । रेफ्री समितिको अख्तियारी प्राप्त विनोद केसी समेतको तर्फबाट युवा तथा खेलकूद मन्त्रालय, मन्त्रालयका मन्त्री, अखिल नेपाल फुटवल संघ, संघकै निर्वाचन समिति, राष्ट्रिय खेलकूद परिषद् समेतर्ला विपक्षी बनाएर दायर गरिएको रिट उपर फैसला गर्दै उच्च अदालतले निर्वाचन तत्कालको लागि स्थगन गर्न आदेश दिएको हो । 
 
न्यायाधीस प्रेमराज कार्कीको एकल इजलासले निवेदकले यस विषयमा असन्तुष्टि जनाईरहँदा दुबै पक्षको छलफलबाट मात्रै निष्कर्षमा पुग्न उपयुक्त हुने भन्दै कात्तिक ५ गतेकोलागि पेशी सूची पनि तोकेको छ । इजलासले सो मितिसम्म कात्तिक ८ गतेदेखि हुने भनेर प्रकाशित भएको निर्वाचन कार्यतालिका कार्यान्वयन नगर्न÷नगराउन आदेश दिएको छ । 
यस्तो छ उच्च अदालतको आदेश :



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ