arrow

कांग्रेसको चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश प्रष्ट छ– मिनेन्द्र रिजाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १३ बुधबार
MINENDRA-RIJAL.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले उपनिर्वाचनले नेपाली कांग्रेसलाई चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको बताएका छन् ।

बैशाख १० मा सम्पन्न उपनिर्वाचनमा कुनै पनि क्षेत्रमा कांग्रेसले विजयी हासिल नगरेपछि कांग्रेस नेता रिजालले पार्टीको चरित्र र गतिशिलता पुनस्थपित गर्नुपर्ने सन्देश दिएको बताएका हुन् ।    

मिनेन्द्रले ट्वीटरमा लेखेका छन् – ‘सम्पन्न उपनिर्वाचनमा रास्वपा नेता रवि लामिछाने र डा. स्वर्णिम वाग्लेलाई प्रत्ययप्रद विजय, जसपा नेता उपेन्द्र यादवलाई प्राप्त सफलताकालागि हार्दिक बधाई र सफल प्रतिनिधि सभा कार्यकालको शुभकामना। हाम्रा लागि कांग्रेसको चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश प्रष्ट छ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ