arrow

सात सचिवको एकैपटक सरुवा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २० बुधबार
pm-office.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । सरकारका सात सचिवको एकैपटक सरुवा भएको छ । मन्त्रिपरिषदको बुृधबारको बैठकले सात सचिवको एकैपटक सरुवा गरेको हो । 

जसअनुसार अर्थ सचिवमा अर्जुन पोखरेललार्य ल्याइएको छ । अर्थका सचिव तोयम रायलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । 

अर्थमन्त्री विष्णु पौडेलले रायलाई अर्थमा ल्याएका थिए । रायलाई अर्थमा सरुवा गरेको चार महिनामा उपराष्ट्रपति कार्यालयमा पठाइएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सरुवा गरेर कामै नदिइ राखिएका सचिव बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा व्यवस्थापन गरिएको छ । 

राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । 

प्रधानमन्त्री कार्यालयका सुमन अर्याललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । 

महिला मन्त्रालयका सचिव डिल्लीराम शर्मालाई राष्ट्रपतिको कार्यालय सरुवा गरिएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने तयारी गरेको आरोप लागेर बुधबार पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई अतिरिक्त समूहमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ