arrow

महाधिवेशन भएको १७ महिनामा देउवाले मिनेन्द्रलाई बनाए केन्द्रीय सदस्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
MINENDRA-RIJAL.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन भएको १७ महिनामा बल्ल पार्टी सभापति शेरबहादुर देउवाले डा. मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्य मनोनयन गरेका छन् । 

२०७८ सालको मंसिरमा कांग्रेसको महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीका उम्मेदवार भएका रिजाल महामन्त्रीमा पराजित भएसँगै रक्षामन्त्रीबाटसमेत राजीनामा दिएका थिए ।

सामान्यतया पदाधिकारीमा पराजित भएपछि केन्द्रीय सदस्य मनोनयन गर्ने परम्परा तोड्दै देउवाले रिजाललाई केन्द्रीय सदस्य बनाएका थिएनन् । 

तर ढिलै भए पनि देउवाले रिजाललाई शुक्रबार केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । 

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम  रिजाललाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेको उल्लेख गरेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ