एकैपटक न्याय सेवामा ६५० बढी अधिकृतको सरुवा [विवरणसहित]
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३० शनिबार
8.5k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवा, कानून र सरकारी वकिलतर्फका अधिकृतहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।
शुक्रबार बसेको आयोगको बैठकले ६५० भन्दा बढी अधिकृतहरुको सरुवा गरेको हो। सहसचिव, उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको आयोगले जनाएको छ ।