arrow

युवकको आत्मदाह प्रयासपछि चर्कियो नागरिकता आन्दोलन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३० मंगलबार
citizenship-demand-2080-02-30 (1).jpg

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा एक युवाले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रदर्शनमा उत्रिएका एक जना प्रदर्शनकारीले आत्मदाहको प्रयास गरेका हुन् । 

मोरङ कटहरीका निरजकुमार कामतले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । केही दिनयता भइरहेको नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शनमा उनी सहभागी हुँदै आएको बताइएको छ ।

सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि माइतीघर मण्डलामा समितिको नेतृत्वमा प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम हुँदै आएको थियो ।  

आत्मदाहको प्रयास गरेका ती पुरुषलाई प्रहरीले उद्धार गरेको छ । आत्मदाहको प्रयास गर्दा घाइते भएका ती पुरुषलाई उपचारका लागि वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

पुरुषले आत्मदाह प्रयास गरेपछि माइतीघर मण्डलामा आन्दोलन थप चर्किएको छ ।

citizenship-demand-2080-02-30 (3).jpg
citizenship-demand-2080-02-30 (4).jpg
citizenship-demand-2080-02-30 (5).jpg
citizenship-demand-2080-02-30 (6).jpg
citizenship-demand-2080-02-30 (7).jpg
citizenship-demand-2080-02-30 (8).jpg
citizenship-demand-2080-02-30 (9).jpg
citizenship-demand-2080-02-30 (10).jpg
citizenship-demand-2080-02-30 (11).jpg
citizenship-demand-2080-02-30 (12).jpg
citizenship-demand-2080-02-30 (13).jpg
citizenship-demand-2080-02-30 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ