arrow

गर्मी छल्न गएका पाँच जनाको डुबेर मृत्यु

पानीमा डुबेर नवलपुरमा चार दिनमा पाँच जनाको गयो ज्यान

logo
सञ्जय भट्टराई,
प्रकाशित २०८० जेठ ३१ बुधबार
water-kill.jpg

कावासोती । नवलपुरमा पछिल्लो चार दिनमा पानीमा डुबेर पाँच जनाको ज्यान गएको छ । पछिल्लो पाँच दिनमा ज्यान गुमाउनेमा दुई जना बालबालिका समेत रहेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक साजन श्रेष्ठका अनुसार गत शनिबार यता कालीगण्डकी नदीमा दुई जना, अरुणखोलामा दुई जना र ज्यामिरे खोलामा एक जनाको पानीमा डुबेर ज्यान गएको हो । गर्मी छल्नका लागि पौडी खेल्न जाँदा उनीहरूको डुबेर ज्यान गएको हो ।

मंगलबार जिल्लाको मध्यविन्दु-१० मा रहेको  अरुणखोला पुल तल पौडी खेल्ने क्रममा १३ वर्षीय महेश खान्गाको ज्यान गएको छ । साथीहरू सँग पौडी खेल्न अरुणखोला पुल तल गएका खान्गा पानीमा डुबे पछि अचेत अवस्थामा प्रहरी र स्थानीयले उद्धार गरि मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

यसै गरि गत जेठ २७ गते शनिबार गैँडाकोट ३ केलादी स्थित काली गण्डकी नदीमा नुहाउन गएका चितवनको रत्नगर २ टाँडी निवासी २४ वर्षीय सुरज सुवेदी र नवलपुरका गैँडाकोट २ निवासी २५ वर्षीय रमेश चालिसेको पनि डुबेर मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । 

त्यसै गरि जेठ २८ गते आइतबार जिल्लाको मध्यविन्दु-१४ बतासामा रहेको मुखे ढुङ्गा पानी रहमा साथीहरू सँग पौडी खेल्न गएका जनता माध्यमिक विद्यालय अरुणखोला टाँडीका ३१ वर्षीय शिक्षक कृष्ण सुवेदीको ज्यान गएको हो भने सोही दिन नवलपुरकै विनयी त्रिवेणी गाउँपालिका २ निवासी १३ वर्षीया बालिका जुनु खड्का ज्यामिरे खोलामा डुबेर निधन भएको छ । 

घर नजिकै घाँस काट्न गएकी जुनु घाँस काटेर सकि ज्यामिरे खोलामा गर्मी छल्न पौडी खेल्ने क्रममा डुबेर निधन भएको नवलपुर प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ