- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काभ्रेपलाञ्चोक । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको भवनको तला थपका लागि बागमती प्रदेश सरकारबाट बीस लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
शुक्रबार बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट भाषणमा महासंघ काभ्रेपलाञ्चोक शाखाको भवनको तला थपका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।
नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिप्रसाद तिमल्सिनाले बागमती प्रदेश सरकारले महासंघको भवनको तला थपका लागि २० लाख रुपैयाँ विनियोजन भएकोमा आम काभ्रेली सञ्चारकर्मी खुशी भएको बताए ।
उनले भवनको तला थपका लागि प्रदेश सरकारसँग करिब ७० लाख रुपैयाँ माग गरिए पनि २० लाख मात्रै रकम विनियोजन भएको बताए । उनले बजेट विनियोजन गर्न नेपाली काँग्रेस जिल्ला सभापति तथा प्रदेश खानेपानी, उर्जा तथा सिँचाइँ मन्त्री तीर्थ लामालगायत सबै निकायलाई धन्यवाद ज्ञापन गरे ।
नेपाल पत्रकार महासंघको राष्ट्रिय तालिम केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले काम शुरु गरेपछि बनेपा नगरपालिकाले बनेपा नगरपालिका–६ बुडोलमा ६ आना जग्गा प्रदान गरेको थियो ।
महासंघले आर्थिक वर्ष २०६५–०६६ देखि भवन निर्माणको काम शुरु गरेको थियो ।