- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नागरिकता माग गर्दै मंगलबार पनि काठमाडौँमा प्रदर्शन भएको छ । नागरिकताविहीन संघर्ष समितिको अगुवाइमा माइतीघरमा प्रदर्शन गरिएको हो ।
जनमत पार्टीको विद्यार्थी संगठनसमेत प्रदर्शनमा सक्रिय भएर अगाडि देखिएको छ । तर निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको छ ।
प्रदर्शनमा नागरिकता माग गर्दै नाराबाजी गरिएको थियो । बाबुआमाको नेपाली नागरिकता भए पनि छोराछोरीले नपाएको भन्दै प्रदर्शन गरिएको हो ।
नागरिकता सम्बन्धी संशोधित विधेयक ऐनका रुपमा आए पनि सर्वोच्च अदालतमा मुद्दा परेपछि अहिले विचाराधीन छ ।