arrow

नागरिकताविहीनको धन्यवाद राष्ट्रपतिदेखि अदालतसम्मलाई [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ८ शुक्रबार
citizenship-happy-2080-03-08.jpg

काठमाडौँ । नागरिकताविहीनले नागरिकता पाउने भएपछि राष्ट्रपतिदेखि अदालतसम्मलाई धन्यवाद दिएका छन् । शुक्रबार माइतीघर मण्डलामा भेला भएर उनीहरुले राष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वोच्चलाई धन्यवाद दिएका हुन् । 

बिहीबार सर्वोच्च अदालतले  नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि नागरिकताविहीनहरुले अब आफूहरुले नागरिकता पाउने भन्दै सबैलाई धन्यवाद दिएका हुन् । 

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले संसदबाट दुई–दुई पटक पारित भएको नागरिकता विधेयक प्रतिनिधिसभाको कार्यकाल सकिएपछि निश्क्रिय भयो वा शून्यमा गयो भन्न नमिल्ने ठहर गरेको छ । योसँगै अब संविधानअनुसार जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने बाटो खुलेको छ । 

लामो समय राष्ट्रपतिबाट प्रमाणीकरण नागरिकता विधेयक कार्यान्वयनको माग राखेर आन्दोलनमा उत्रिएकाहरुले शुक्रबार धन्यवाद दिएका हुन् । 

citizenship-happy (1).jpg
citizenship-happy (2).jpg
citizenship-happy (3).jpg
citizenship-happy (4).jpg
citizenship-happy (5).jpg
citizenship-happy (6).jpg
citizenship-happy (7).jpg
citizenship-happy (8).jpg
citizenship-happy (9).jpg
citizenship-happy (10).jpg
citizenship-happy (11).jpg
citizenship-happy (12).jpg
citizenship-happy (13).jpg
citizenship-happy (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ