arrow

नेपाली कांग्रेससँग त्यो समन्वय गर्ने तागत छ (भिडियो)

हामीले जिम्मेवारी निर्वाह गर्न सकेनौ भने अरू कसैले पनि सक्दैन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २४ बुधबार
gagan-thapas-aadhibasi.JPG

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानको सार्थक कार्यान्वयन गर्ने तागत नेपाली कांग्रेसमा भएको बताएका छन् ।  महामन्त्री थापाले कांग्रेससँग समन्वयका साथ संविधानको सार्थक कार्यान्वयन गर्दै अघि बढ्ने तागत रहेको बताएका हुन्  ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधानलाई सुधार गर्दै लैजाने, त्यसको सार्थक कार्यान्वयनको माध्यमबाट नेपाली जनताको चाहनालाई पूरा गर्दै लैजाने काम नेपाली कांग्रेसबाहेक अन्य दलले गर्न नसक्ने बताए । 

महामन्त्री थापाले भने, ‘यो संविधान अपर्याप्त छ । यसलाई पर्याप्त बनाउने हो । यसलाई थप सुधार गर्दै लिएर जाने हो । र, कांग्रेसले नै यसलाई सार्थक कार्यान्वयन पनि गर्दागर्दै लिएर गएर यही व्यवस्था भित्र हामी सबैको चाहनाहरूलाई सम्बोधन गर्दै जाने स्थिति बनाउने छ भन्ने खालको अवस्थामा हामीले पुर्‍याउनु पर्छ । हामीले त्यो जिम्मेवारी निर्वाह गर्न सकेनौँ भने अरू कसैले पनि त्यो भूमिका निर्वाह गर्न सक्दैन । यो मैले अहङ्कार राखेर भनेको होइन । नेपाली कांग्रेससँग त्यो समन्वय गर्ने तागत छ । ’

महामन्त्री थापाले कांग्रेससँग समन्वयका साथ संविधानको सार्थक कार्यान्वयन गर्दै अघि बढ्ने तागत रहेको जिकिर समेत गरे । उनले कतिपय दलले संविधानमा किञ्चित सुधार आवश्यक नभएको भन्ने गरेको, कतिपय दलले भने त्यसको आमूल परिवर्तन गर्नुपर्छ भन्ने गरेको उल्लेख गर्दै कांग्रेसले उनीहरूलाई समेत नेतृत्व गर्दै संविधानमा आवश्यक सुधार गर्दै लैजाने समेत बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ