arrow

४१ वर्षीय पुरुषको डेंगी संक्रमणबाट मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
dangue.jpg

चितवन । डेंगीको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१२ का एक पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । 

चालु आर्थिक वर्ष २०८०-८१ मा डेंगीको सङ्क्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । जिल्लामा उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेंगीको सङ्क्रमण देखिएको सूचना अधिकारी केसीले बताए । 

पाँच सय ३२ जनाको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ठेगना नखुलेका छ जना र जिल्ला बाहिरका १७ जना रहेको उनले जानकारी दिए । चितवनका ३० जनामा डेंगीको सङ्क्रमण देखिएको छ । गत आर्थिक वर्षमा डेंगीका कारण चितवनमा छ जनाको मृत्यु भएको थियो । जसमध्ये चार जना चितवनका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ