arrow

के कोशेली लिएर फर्कदै छन् पूर्वराजा शाह ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३२ बिहिबार
ganendra_ex-king.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह एक महिना लामो वैदेशिक बसाईपछि शुक्रबार स्वदेश फर्कदै छन् । गत असार २९ गते थाइल्याण्ड गएको पूर्वराजाको परिवार शुक्रबार साँझ नेपाल एयरलाइन्सको जहाजमार्फत स्वदेश फर्कन लागेको पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले बताए । 

यसपालिको बसाई लामो भएसँगै दुई साता बढी समय सिंगापुरमा बसेकोसमेत बताइएको छ । सो क्रममा छिमेकी राष्ट्रहरुका राजनीतिक प्रतिनिधिहरुसँग पनि छलफल भएको निर्मल निवास स्रोतले जनाएको छ । 

यद्यपि यो भ्रमणलाई पारिवारिक भनिएको छ । पछिल्लो समय पूर्वराजा स्वदेशमात्र हैन भारतमा समेत विभिन्न भेटमा रहेका बेलामा बैँककमै रहेर गम्भीर वार्ता गरेकोसमेत बताइएको छ । 

देशमा राजनीतिक माहोल ठीक नभइरहेका बेलामा पूर्वराजाले बैंकक र सिंगापुरमा रहेर गरेका विभिन्न भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

उनको यो भ्रमणलाई लिएर भने राजावादीहरु उत्साही भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ