arrow

कान्तिलोकपथको भट्टेडाँडामा पहिरो पन्छाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १ शुक्रबार
kanti-highway.jpg

मकवानपुर । काठमाडौँबाट हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत पर्ने ललितपुर जिल्लाको भट्टेडाँडामा गए राति गएको पहिरो पन्छाइएको छ । पहिरो पन्छाएर आज बिहानदेखि काठमाडौँ-हेटौंडातर्फको यातायात पुनः सञ्चालनमा ल्याइएको छ । 

कान्तिलोकपथअन्तर्गत पर्ने भट्टेडाँडा प्रहरी चौकीको सक्रियतामा सडक विभागको प्राविधिक टोलीले पहिरो पन्छाएर यातायात सञ्चालन गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । 

यसैगरी त्रिभुवन राजपथ, पूर्व-पश्चिम राजमार्ग, हेटौँडा-भीमफेदी सडकखण्ड र भीमफेदी-कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा अहिले सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ