arrow

विश्वासको मत लिँदै मुख्यमन्त्री थापा, प्रक्रिया जारी [लाइभ]

logo
विवेक मिश्र, 
प्रकाशित २०८० भदौ ४ सोमबार

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले अन्ततः आजै विश्वासको मत लिने भएका छन् । सत्ता गठबन्धन दलको बैठकले थापाले आजै विश्वासको मत लिनुपर्ने निर्णय गरेको हो । 

गठबन्धन दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागेको जानकारी दिए ।

संविधानको धारा १८८ मा विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था रहेको छ । उक्त धाराको उपधारा ९१० मा मुख्यमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपर्युक्त ठानेमा विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्न सक्ने व्यवस्था छ । 

यस्तै उपधारा (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नु पर्ने व्यवस्था छ । 

सोही धाराको उपधारा (३) मा भने उपधारा (१) र (२) बमोजिम पेश भएको प्रस्ताव प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित हुन नसकेमा मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुने उल्लेख छ ।

यता, प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवार भने मुख्यमन्त्रीलाई विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाएर ‘अचानक स्वास्थ्यमा समस्या देखिएको’ भन्दै काठमाडौँ लागेकी छिन् । उनले प्रदेश सभाको अध्यक्ष मण्डलका सदस्य रहेका कांग्रेस सांसद इस्राइल मन्सुरीलाई बैठक संचालन गर्ने जिम्मा दिएकी छिन् ।

एमालेका अन्य ज्येष्ठ सदस्यहरु पनि बिदामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ