arrow

'ब्रेक फेल’ भएर बस पल्टिँयो, २९ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
accident-final-1618290232.jpg

त्रिवेणी (नवलपरासी) । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र०१-००१ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो ।

विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित घ्युखोलामा आज बिहान उक्त बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । 

घाइते सबैको अवस्था खतरामुक्त रहेको उनको भनाइ छ । बसमा ३५ जना यात्रु सवार रहेका जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ