arrow

पहिरोले कान्तिलोक पथ अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
kanti-highway.jpg

मकवानपुर। कान्तिलोकपथअन्तर्गत  ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।  

 जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निरन्तर पानी परिरहेका कारण सो स्थानमा पहिरो पन्छाउन कठिनाइ भइरहेको छ ।   मौसम सुधार भएमा आज अपराह्नसम्ममा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पहिरो गएको स्थान मकवानपुर र ललितपुर जिल्लाको सिमानामा पर्दछ ।

यसैगरी त्रिभुवन राजपथ, पूर्व-पश्चिम राजमार्ग र भीमफेदी-कुलेखानी सडकखण्डमा यातायात सञ्चालन भइरहेको प्रवक्ता कार्कीले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ