arrow

सामाजिक सद्भाव बिगार्ने र एकता भत्काउनेमाथि कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

अनुसन्धान रोकिएको छैन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
narayankali-sh.JPG

काठमाडौं । सामाजिक सद्भाव बिगार्ने र एकता भत्काउनेमाथि कारबाही गर्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चेतावनी दिएका छन् । पर्सा पुगेका गृहमन्त्रीले यस्तो चेतावनी दिएका हुन् । 

धर्म, संस्कृति र परम्परा एक अर्काको आस्था, भावना तथा परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा उभिन सबैसँग आग्रह गर्दै गृहमन्त्री श्रेष्ठले सामाजिक सद्भाव बिगार्ने र एकता भत्काउनेमाथि सरकारले संविधान तथा कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिए । 

उनले बहु जातीय, बहुभाषिक तथा सांस्कृतिकता विशेषतायुक्त नेपालको पहिचान भएकाले विधि तासहितको एकतालाई कायम राख्न सबैसँग आग्रह गरे । सरकारले सुशासन, संवृद्धि र सामाजिक न्यायलाई केन्द्रित गरी काम अघि बढाएको उल्लेख गर्दै उनले राजनीतिक परिवर्तनलाई साधन र माध्यम बनाएर जनताको जीवनस्तरमा नयाँ खालको परिवर्तनको अनुभूति गराउन सरकारको ध्यान केन्द्रित रहेको बताए । 

गौर हत्याकाण्डका विषयमा श्रेष्ठले भने, “अनुसन्धान रोकिएको होइन, अनुसन्धानका क्रममा थप केही कुरा बुझ्नुपर्ने हुन्छ, त्यसैले थप अनुसन्धान भइरहेको छ, यस बारेमा उचित निर्णय लिएर अघि बढ्छौँ ।”  

भ्रष्टाचारको अन्त्य गरी मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सुन तस्करी र ललिता निवास जग्गा प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्‍याइ दोषीलाई कानुनी कठघरामा उभ्याउने दृढतासमेत व्यक्त गरे । 

“सुन तस्करी सन्दर्भमा सुरुमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्‍यो, अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ”, गृहमन्त्री श्रेष्ठले भने, “सीआईबीको अनुसन्धान सकेपछि त्यसबारे कानुनी र संरचनागत अन्य छानबिन गरी उपयुक्त निष्कर्ष निकालेर उच्चस्तरीय छानबिन प्रक्रियामा पनि हामी जानेछौ ।” 

ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने कार्यको सीआईबीले अनुसन्धान गरी सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको र सरकारी वकिल कार्यालयले समेत छिट्टै प्रक्रिया अघि बढाउन लागेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ