arrow

२८ वर्षीय खत्रीको डेंगी संक्रमणबाट मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
dangue.jpg

कञ्चनपुर । बेलौरी नगरपालिका-८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेंगी रोगको संक्रमणबाट गए राति मृत्यु भएको छ । 

बेलौरी-८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो । एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उहाँलाई परिवारजनले उपचारका लागि धनगढी लगेका थिए ।

भारतबाटै डेंगीको संक्रमण भएको वा यहाँ फर्केपछि संक्रमण भएकोबारे जानकारी हुननसकेको वडाध्यक्ष रानाले बताए । डेंगी सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्नका लागि वडामा विशेष अभियान सञ्चालन गर्नका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ